आरम्भ चौतारी लघुवित्तको सीइओमा शिव प्रसाद ज्ञवाली नियुक्त

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा शिव प्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ ।
कम्पनीको असोज २९ गते बसेको संचालक समितिको बैठकले ज्ञवालीलाई सीइओको जिम्मेवारी दिएको हो । उनलाई कात्तिक १ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि सीइओ नियुक्त गरेको हो ।