अन्तिम दिनसम्म मिर्मिरे लघुवित्तको एफपिओमा माग भन्दा १३० गुणा बढीको आवेदन

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेलको एफपिओमा अन्तिम दिनसम्म १ अर्ब ६१ करोड ७४ लाख ५८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असोज ३० गते साँझ ५ः०७ बजेसम्म १४ लाख २१ हजार ७७७ जना आवेदकले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ता लागि आवेदन दिएका हुन् ।
जुन माग भन्दा १३०.६३ गुणा बढी आवेदन हो । कम्पनीको एफपिओ १२ हजार ३८१ जनाले १०।१० कित्ता र सोहि मध्यका ६ जनाले थप १।१ कित्ता गरि ११ कित्ता पाउनेछन् ।
कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गरेको थियो ।
लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।