आरएसडीसी लघुवित्तको वित्तीय अवस्था कस्तो ? « Arthapath.com
३ कार्तिक २०८०, शुक्रबार

आरएसडीसी लघुवित्तको वित्तीय अवस्था कस्तो ?



काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ४ करोड बढी नाफा कमाएको छ । कम्पनीले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले ४ करोड ७ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन, गत आवको असोज मसान्तसम्मको तुलनामा ६.६५ प्रतिशतले मात्रै बढी हो । गत आवको सोही अवधिमा ३ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्ममा कम्पनीले ६ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यद्यपि, यो गत आवको सोही अवधिको तुलनामा भने १०.९६ प्रतिशतले कमी हो ।

समीक्षा अवधिमा कम्पनीको संचालन नाफा पनि ६.४४ प्रतिशतले बढेर ५ करोड ८१ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वितरणयोग्य नाफा १० करोड १३ लाख बढी देखिएको छ।

कम्पनीको चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २३ करोड ४१ लाख रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जा १.४९ प्रतिशत छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९३ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्