मिर्मिरे लघुवित्तको एफपिओमा १४ लाखको हात रित्तो, कतिले पाउँछन् सेयर ? « Arthapath.com
६ कार्तिक २०८०, सोमबार

मिर्मिरे लघुवित्तको एफपिओमा १४ लाखको हात रित्तो, कतिले पाउँछन् सेयर ?



काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेलको एफपिओमा १४ लाखको हात रित्तो हुने भएको छ । एफपिओमा अन्तिम दिनसम्म १ अर्ब ६१ करोड ७४ लाख ५८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार १४ लाख २१ हजार ७७७ जना आवेदकले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ता लागि आवेदन दिएका हुन् ।

जुन माग भन्दा १३०।६३ गुणा बढी आवेदन हो । कम्पनीको एफपिओ १२ हजार ३८१ जनाले १०।१० कित्ता र सोहि मध्यका ६ जनाले थप १।१ कित्ता गरि ११ कित्ता पाउनेछन् ।

कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६।४५ कित्ता शेयर निष्काशन गरेको थियो ।

लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्