दोहोरो अङ्कले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा, कस्ता छन् मुख्य सूचकहरू ? « Arthapath.com
१५ कार्तिक २०८०, बुधबार

दोहोरो अङ्कले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा, कस्ता छन् मुख्य सूचकहरू ?



global ime laghubitta

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको खुद नाफा दोहोरो अङ्कले वृद्धि भएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । 

चालु आवको असोज मसान्तसम्ममा कम्पनीले ३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन, गत आवको सोही अवधिको तुलनामा २७.१५ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा भने कम्पनीले २ करोड ६७ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि दोहोरो अङ्कले वृद्धि भएको छ । जसले गर्दा खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३.८५ प्रतिशतले बढेर १५ करोड ५७ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, सञ्चालन नाफा पनि २६.७४ प्रतिशतले वृद्धि भई ४ करोड ८६ लाख रुपैयाँ कायम भएको छ । असोज मसान्तसम्म आइपुग्दा कम्पनीको वितरणयोग्य नाफा भने ६७ लाख ७२ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । 

कम्पनीको खराब कर्जा पनि बढेर ४.७६ प्रतिशत पुगेको छ । सो अवधिमा कम्पनीले ३ अर्ब २३ करोड १२ लाख  रुपैयाँ निक्षेप सङ्कलन गरेको छ ।  तर कर्जा लगानी भने ७ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ पुगेको छ । 

कम्पनीको चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने ५० करोड ४३ लाख रुपैयाँ राखेको छ । 

समीक्षा अवधिमा  कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६२ पैसाले बढेर २१ रुपैयाँ ९८ पैसा कायम भएको छ। यस्तै प्रतिसेयर नेवटर्थ भने १८१ रुपैयाँ ५० पैसा कायम भएको छ । 


प्रतिक्रिया दिनुहोस्