फर्स्ट माइक्रोफाइनान्सले कमायो तीन महिनामा ५ करोड बढी नाफा, वितरणयोग्य नाफा साढे २० करोड « Arthapath.com
१६ कार्तिक २०८०, बिहीबार

फर्स्ट माइक्रोफाइनान्सले कमायो तीन महिनामा ५ करोड बढी नाफा, वितरणयोग्य नाफा साढे २० करोड



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले तीन महिनामा ५ करोड बढी नाफा कमाएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समीक्षा अवधिमा कम्पनीले ५ करोड ६ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि, गत आवको असोज मसान्तसम्मको तुलनामा भने कम्पनीको नाफा २०.५२ प्रतिशतले घटेको हो ।

विशेषगरि कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा घटेकाले नै खुद नाफामा गिरावट देखिएको हो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३३.२७ प्रतिशतले घटेर ८ करोड १ लाख रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको संचालन नाफा पनि २०.५२ प्रतिशतले घटेर ७ करोड २४ लाख रुपैयाँ कायम भएको छ ।

तीन महिनामा कम्पनीको वितरणयोग्य नाफा २० करोड ४७ लाख ३२ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख रुपैयाँ छ भने जगेडा तथा कोषमा ४८ करोड ६३ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ३७ पैसा रहेको छ । समिक्षा अवधिमा कम्पनीको खराब कर्जा १.९१ प्रतिशत देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्