एनएमबि लघुवित्त ४ करोड ७३ लाख ऋणात्मक, वितरणयोग्य नाफा र इपीएस समेत नोक्सानमा « Arthapath.com
५ मंसिर २०८०, मंगलवार

एनएमबि लघुवित्त ४ करोड ७३ लाख ऋणात्मक, वितरणयोग्य नाफा र इपीएस समेत नोक्सानमा



काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ऋणात्मक रहेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा कम्पनी ४ करोड ७३ लाख ४१ हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले ८५ लाख ७२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३४.१५ प्रतिशतले घटेर ५ करोड ७४ लाख २३ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ८ करोड ७२ लाख ६ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीले ४ करोड ७० लाख ८८ हजार रुपैयाँ संचालन नोक्सान व्यहोरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी ८७ लाख ३८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको खराब कर्जा १.५९ प्रतिशतले बढेर ७.२७ प्रतिशत, चुक्तापूँजी ७२ करोड १४ लाख ४९ हजार रुपैयाँ, जगेडा कोष १९ करोड ८४ लाख ८१ हजार रुपैयाँ र वितरणयोग्य नाफा ५ करोड ४१ लाख २१ हजार ऋणात्मक रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ २५ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ १० पैसा छ ।


प्रतिक्रिया दिनुहोस्