ग्रामीण विकास लघुवित्तले मंसिर ३० गते बोलायो साधारण सभा, सेयरधनीहरुको हात भने रित्तो « Arthapath.com
६ मंसिर २०८०, बुधबार

ग्रामीण विकास लघुवित्तले मंसिर ३० गते बोलायो साधारण सभा, सेयरधनीहरुको हात भने रित्तो



काठमाडौँ । ग्रामीण विकास लघुवित्तले आठौं वार्षिक साधारण सभा मंसिर ३० गतेका लागि बोलाएको छ । सभा संस्थाको प्रधान कार्यालय, बुटवलमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा भौतिक तथा भर्चुअल माध्यबाट पनि सहभागिता जनाउन सकिनेछ ।

कम्पनीले यस वर्ष लगानीकर्ताको हात भने रित्तो बनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई कुनै लाभांश प्रस्ताव गरेको छैन ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गर्ने भएको हुँदा मंसिर १३ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्