धौलागिरी लघुवित्तको सेयर कारोबार फुकुवा « Arthapath.com
६ मंसिर २०८०, बुधबार

धौलागिरी लघुवित्तको सेयर कारोबार फुकुवा



काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कम्पनीलाई सचेत गराउँदै कारोबार फुकुवा गरेको हो ।

कम्पनीले लाभांश घोषणा सम्बन्धी निर्णयको जानकारी समयमा नै नगराएको भन्दै कारोबार रोक्का गरी ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो।

कम्पनीले सर्भर मेलमा समस्या आएका कारण समयमा जानकारी गराउन नसकिएको स्पष्टिकरण दिएपछि नेप्सेले कारोबार फुकुवा गरेको हो ।


प्रतिक्रिया दिनुहोस्