उन्नति सहकार्य लघुवित्तको एफपिओ बाँडफाँट, कतिले पाए सेयर ?

काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यलयमा आइपीओ बाँडफाँट भएको हो ।
एफपीओमा कुल १० लाख ७२ हजार ७ सय ६८ जनाको आवेदन परेको थियो । ३२५ जनाको आवेदन अयोग्य रहेकोले योग्य रहेका १० लाख ७२ हजार ४ सय ४३ जनालाई गोलाप्रथामा सहभागी गराएर एफपिओ बाँडफाँट भएको हो ।
जस अनुसार १७ हजार ८ सय ४५ जनाले सेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर, एक जनाले १०.१८ कित्ता शेयर र बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।
सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो । कम्पनीले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१।१८ कित्ता सेयर निष्काशन गरेको थियो ।
एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ।