लाभांश पारितका लागि पुष ६ गते बोलायो एनआइसी एशिया लघुवित्तले साधारण सभा « Arthapath.com
१० मंसिर २०८०, आईतवार

लाभांश पारितका लागि पुष ६ गते बोलायो एनआइसी एशिया लघुवित्तले साधारण सभा



काठमाडौँ । एनआइसी एसिया लघुवित्तले वार्षिक साधारण सभा पुष ६ गतेका लागि बोलाएको छ । सभा गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले प्रस्ताव गरेको करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

साथै, सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर २५ गते बुक क्लोज गर्ने भएको हुँदा मंसिर २४ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्