नेप्सेमा मिर्मिरे लघुवित्तको एफपीओ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको एफपिओ सूचीकृत भएको छ । सोमबार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको १ लाख २३ हजार ८१६.४५ कित्ता एफपिओ सूचीकृत भएको छ । कम्पनीले असोज २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ निष्कासन गरेको थियो ।
अब उक्त सेयर मंगलबारदेखि कारोबारमा आउनेछ ।