स्वावलम्बन लघुवित्तले लाभांश पारितका लागि पुष ४ गते बोलायो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
१३ मंसिर २०८०, बुधबार

स्वावलम्बन लघुवित्तले लाभांश पारितका लागि पुष ४ गते बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौँ । स्वावलम्बन लघुवित्तले वार्षिक साधारण सभा पुष ४ गतेका लागि बोलाएको छ । सभा, अम्रपाली ब्यांकेट एन्ड इभेन्ट्स, बालुवाटार मार्ग, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको १२.३५९९ प्रतिशत बोनस सेयर र ०.६५०५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी सभामा अन्य लघुवित्तसँग मर्जरमा जानको लागि बाटो खुल्ला गर्ने प्रस्ताव समेत अघि सारेको छ। एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्नको लागि आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले मंसिर २२ गते बुकक्लोज गरेको हुँदा मंसिर २१ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्