आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २४ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कर सहित १५ प्रतिशत बोनस तथा नगद वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव अब नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।