समता घरेलु लघुवित्तले कति दिने भयो लाभांश ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २४ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ५.७०७६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५.४२२२ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२८५४ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त प्रस्ताव अब नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।