साना किसान लघुवित्तको लाभांशमा राष्ट्र बैंकले चलायो कैची, अब बोनस र नगद कति ? « Arthapath.com
२८ मंसिर २०८०, बिहीबार

साना किसान लघुवित्तको लाभांशमा राष्ट्र बैंकले चलायो कैची, अब बोनस र नगद कति ?



काठमाडौँ । नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त वित्तीय संस्थाको लाभांशमा कैची चलाएको छ । राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीको लाभांश संशोधन भएको हो ।

अब लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यसअघि कम्पनीले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । अब संशोधित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्