यस वर्ष पनि गणपति लघुवित्तका सेयरधनीहरुको हात रित्तो

काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाले यस वर्ष पनि लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
कम्पनीको मंसिर २८ गते बसेको संचालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।