युनिक नेपाल लघुवित्तले पुष २४ गते बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा « Arthapath.com
१ पुष २०८०, आईतवार

युनिक नेपाल लघुवित्तले पुष २४ गते बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा



काठमाडौँ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड पाँचौ वार्षिक साधारण सभा पुष २४ गतेका लागि बोलाएको छ । सभा कोहलपुर नगरपालिका, होटल सेन्ट्रल प्लाजा, बाँकेमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्