हिमालयन लघुवित्तद्धारा कर्मचारीलाई तालिम प्रदान

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले मंसिर २४ देखि ३० गतेसम्म कर्मचारीलाई तालिम प्रदान गरेको छ । संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले AML/CFT, Client Protection and Program Management तथा अनुगमन अधिकृत तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई Monitoring, Supervision and Recovery सम्वन्धी तालिम कार्यक्रम सम्पन्न गरेको हो ।
तालिम कार्यक्रमको समापन गर्नुहँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाले हासिल गरेको प्रगति तथा नतिजा कर्मचारीहरुकै अथक मिहेनत, प्रयास र परिश्रमको फल भएकोले संस्थाका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिए । उनले नेपालमा लघुवित्त संस्थाहरुले प्रभावकारी रुपमा सेवा प्रदान गरिरहेको परिवेशमा विगत केही समयदेखि लघुवित्त क्षेत्रमा देखिदै आएको विविध खालको असहज परिस्थितिको बावजुद पनि विचलित नभईकन ग्राहकलाई सर्वोपरी मानि आफ्नो सेवाहरु उच्च मनोवलका साथ निरन्तररुपमा प्रदान गर्दै आफनो कार्यसम्पादन गर्न निर्देशन दिए ।
साथै ग्राहकहरुलाई सेवा प्रदान गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाहरु वीच तिव्र प्रतिस्पर्धा रहेको वर्तमान अवस्थामा नीति नियम पूर्वक जिम्मेवारी र गुणस्तर सहितको व्यवसाय सञ्चालन र विस्तारको लागि संस्थामा कार्यरत जनशक्तिको भूमिका प्रमुख रहने भएकोले कर्मचारीहरुको दक्षता तथा क्षमता अभिवृद्धिको लागि संस्थाले यस किसिमका तालिमको आयोजना गरेको र भविष्यमा समेत आवश्यकताको पहिचान गरी कर्मचारीहरुलाई यस संस्थाबाट तालिमहरु प्रदान गर्दै जाने योजना रहेको बताए ।
राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाको हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै रु. ९४ करोड बचत संकलन गरी रु. ४ अर्ब ४१ करोड लगानी रहेको छ ।