जीवन विकास लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको पुष १ गते बसेको संचालक समिति बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।