इन्फिनिटी लघुवित्तद्धारा भुकम्प पिडितहरुलाई राहत वितरण

काठमाडौँ । इन्फिनिटी लघुवित्तद्धारा भुकम्प पिडितहरुलाई राहत वितरण गरेको छ । कम्पनीको शाखा कार्यालय थारमारे सल्यानमा आवद्ध समुह नं ०७६, ०७७, ०७८, ०८०, ०८१ का ग्राहक सदस्यहरुको परिवारमा घर, गोठ आदीमा धन जनमा क्षति पु¥याएकोले त्यस स्थानमा रहेका ५२ घरपरिवारका सदस्यहरुलाई आर्थिक राहत वितरण गरेको हो ।
पुष १ गते पश्चिम रुकुम जिल्लाको त्रिवेणी गाँउपालिका वडा नं ९ को रुकुम पेउघामा कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम यस संस्थाकी सदस्य गिता नेपालीको अध्यक्षतामा त्रिवेणी गा.पा वडा नं १० का स्थानिय जनप्रतिनिधी वडा अध्यक्ष सेरमन खड्काका साथै सोहि गाउपालिका वडा नं ९ नुवाकोट प्रहरी चौकिका हवल्दार तोप बहादुर खड्का र सहायक प्रहरी हवल्दार शेर बहादुर शाहीको विशेष उपस्थितमा सम्पन्न भएको थियो ।