सीवाइसी नेपाल लघुवित्तले किन दिएन लाभांश ?

काठमाडौँ । सीवाइसी नेपाल लघुवित्तले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो ।
कम्पनीको पुष ३ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।