फरवार्ड लघुवित्तको साधारण सभा पुष २७ गते, सेयरधनीहरुलाई छैन लाभांश

काठमाडौँ । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा पुष २७ गतेका लागि बोलाएको छ । सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ ।
साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ । सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ ।
साधारण सभा प्रयोजनका लागिक कम्पनीले पुस १८ गते बुकक्लोज गर्ने भएको छ।