चार लघुवित्तले बोलाए साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौँ । चार लघुवित्त वित्तीय संस्थाले साधारण सभा आव्हान गरेका छन् । मिथिला, नाडेप, सपोर्ट र उपकार लघुवित्तले साधारण सभा आव्हान गरेको हो ।
मिथिला लघुवित्त
कम्पनीले १५औं वार्षिक साधारण सभा पुष २८ गते न्यू पौवा बस्ने गरी बोलाइको हो । रु हुनेछ । सभाम सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुष १६ गते बुकक्लोज गर्ने भएको छ।
नाडेप लघुवित्त
कम्पनीले पुष २७ गते नवौं वार्षिक साधारण सभा रानीवन पार्टी प्यालेस, नागार्जन, काठमाडौँमा विहान १० बजे बस्ने गरी बोलाएको हो ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ । सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट दुई जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
सपोर्ट लघुवित्त
कम्पनीले पुष २७ गते दुर्गा पार्टी प्यालेस, इटहरी सुनसरीमा नवौँ वार्षिक साधारण सभा बिहान ९ः३० मा बस्ने गरी बोलाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ । सभामा चुक्ता पूँजी वृद्धि गर्ने, संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुष १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।
उपकार लघुवित्त
कम्पनीले पुष २८ गते पाँचौ वार्षिक साधारण सभा होटेल ट्रीटप ह्याभेन कोहलपुर ११ बाँके मा बिहान १० बजे बस्ने गरी बोलाएको छ । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।
सभा प्रयोजनको लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने छ ।