एनआइसी एशिया लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । एनआइसी एशिया लघुवित्त वित्तीयसंस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ सभा गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको हो ।
उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०७९÷८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गर्नेछ । सभाले संस्थाको सेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसका साथै, उक्त सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट संस्थापक एनआइसी एशिया बैंकको तर्पmबाट मनोनित भई प्रतिनिधित्व गर्नुभएका दिपक ढकाल निर्विरोध उक्त सञ्चालक पदमा निर्वाचित भएका छन् ।
साथै, नवनियुक्त सञ्चालक ढकालले संस्थाका अध्यक्ष सन्तोष कुमार राठीसमक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका हुन् । बैंकिङ्ग क्षेत्रमा लामो समय देखि कार्यानुभव रहेको ढकाल बैंक मा प्रमुख जोखिम अधिकृतमा कार्यरत थिए ।