नेरुडे लघुवित्तले लाभांश नदिने

काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीको पुष १० गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । सोहि बैठकले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्नेछ ।