छुट्नु होला है ? फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित आज अन्तिम दिन

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अर्थात पुष ११ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले पुष १२ गते एक दिन बुकक्लोज गर्ने भएको हुँदा पुष ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थका लागि ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले १४औं वार्षिक साधारण सभा पुष २८ गतेका लागि बोलाएको छ । सभा आम्रपाली व्याङ्केट, भाटभटेनी काठमाडौँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।
त्यस्तै, सभाले लघुवित्तको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संचालकहरुको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
साथै, चालु आर्थिक वर्षको लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।