सेयरधनीहरुको हात रित्तो बनाएको गुराँस लघुवित्तको यस्तो छ साधारण सभाको ‘माइन्युट’

काठमाडौँ । गुराँस लघुवित्तको वार्षिक साधारण सभा पुष १८ गते सम्पन्नभ एको छ । सभा भेडेटार भिलेज रिसार्ट धनकुटामा सम्पन्न भएको हो ।
कम्पनीका सेयरधनीहरुको हात भने रित्तो भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको थिएन् ।
सभामा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा समेत पारित भएका हुन् ।