जाल्पा सामूदायिक लघुवित्तका सेयरधनीको हात रित्तो, लाभांश नबाड्ने निर्णय
काठमाडौं । जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात रित्तो बनाएको छ । कम्पनीले यो वर्ष सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ ।
कम्पनीको माघ १६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट यो वर्ष आफ्ना सेयरधनीलाई नगद तथा बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो ।