नेशनल लघुवित्तले एफपिओ निष्कासन गर्ने, चैत १६ गते साधारण सभा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले एफपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले संस्थापक तथा सर्वसाधारणको सेयर हिस्सा मिलाउन एफपिओ जारी गर्ने लागेको हो ।
एफपिओ निष्कासनको विशेष प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।
सोही प्रस्ताव पातिर गर्न कम्पनीले आगामी चैत १६ गते साधारणसभा बोलाएको छ । सभा लज रिसोर्ट, धुलिखेल, काभ्रेमा बिहान साढे १० बजे सुरु हुनेछ ।
सभा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई बाँड्ने प्रस्ताव गरिएको लाभांश पनि पारित हुनेछ ।
यो वर्ष कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, सभामा संचालक समितिको निर्वाचन पनि गर्ने छ । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित हुनेछन् ।
सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।