७४ प्रतिशत नाफा बढाएको हिमालयन लघुवित्तको कस्ता मुख्य सूचकहरु ?

काठमाडौं । हिलमायन लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीले कुल १ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा भने ७३.८७ प्रतिशतबढी हो । गत आवको सोही अवधिमा ६५ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ४.४६ प्रतिशत बढेर १५ करोड ९८ लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि ७३.७२ प्रतिशत बढेर १ करोड ६२ लाख रुपेयाँ कायम भएको छ । समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा पनि ६२ लाख रुपैयाँ मात्रै कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ९८ लाख रुपैयाँ छ । कम्पनीले जगेडा कोष्मा भने ९ करोड ८७ लाख रुपैयाँ राखेको छ ।सो अवधिमा कम्पनीले खराब कर्जामा भने झिनो सुधार गरेको देखिन्छ । हाल कम्पनीसँग ४.६१ प्रतिशत खराब कर्जा छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) २ रुपैयाँ ७३ पैसा बढेर ४ रुपैयाँ ७५ पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने १२६ रुपैयाँ ४६ पैसा छ ।