मर्जपछि बनेको नेरुडे मिर्मिरे लघुवित्तको नाफामा उछाल, कस्तो देखियो वित्तीय प्रगति ? « Arthapath.com
२७ बैशाख २०८१, बिहीबार

मर्जपछि बनेको नेरुडे मिर्मिरे लघुवित्तको नाफामा उछाल, कस्तो देखियो वित्तीय प्रगति ?



काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफा ३ गुणा बढेको छ । गत फागुन अन्तिमबाट मर्ज भई संयुक्त कारोबार थालनी गरेको सो कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको हो ।

कम्पनीले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा २०१.७६ प्रतिशत बढेर १९ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा भने ६ करोड ५७ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि १६१.८७ प्रतिशत बढेर ६४ करोड ५ लाख ९५ हजार रुपैयाँ पुगेको छ । यस्तै, संचालन नाफा पनि १७५.१० प्रतिशत बढेर २५ करोड ६२ लाख रुपैयाँ कायम भएको छ । यता, खुद संचालन नाफा पनि ८८.२८ प्रतिशत बढेर ६४ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यसरी खुद ब्याज आम्दानी, संचालन आम्दानी तथा संचालन नाफा बढेसँगै कम्पनीको खुद नाफा बढ्न टेवा पुगेको हो ।

तर, कम्पनीको वितरणयोग्य नाफा भने १२ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ । यता, खारब कर्जा पनि २.९१ प्रतिशत बढेर १२.६९ प्रतिशत पुगेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ छ ।कम्पनीको जगेडा कोषमा भने १ अर्ब २२ करोड ७४ लाख रुपैयाँ छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ३२ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ५८ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्