साना किसान विकास लघुवित्तको नाफा साढे ५३ करोड, वितरणयोग्य नाफा डेढ अर्ब « Arthapath.com
२८ बैशाख २०८१, शुक्रबार

साना किसान विकास लघुवित्तको नाफा साढे ५३ करोड, वितरणयोग्य नाफा डेढ अर्ब



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले ९ महिनामा साढे ५३ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले ५३ करोड ४५ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । तर, यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने ९ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा कम्पनीले ५८ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८.३८ प्रतिशत बढेर १ अर्ब ५७ करोड २ लाख रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा भने १ अर्ब २२ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, कम्पनीको संचालन आम्दानी १ अर्ब १० करोड ६८ लाख र संचालन नाफा ८३ करोड ५५ लाख रुपैयाँ कायम छ । समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड ३५ लाख ५६ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, कम्पनीको खराब कर्जा २.४१ प्रतिशत छ । यता, कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १८ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ २३९ रुपैयाँ ७१ पैसा कायम भएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८० करोड ६३ लाख रुपैयाँ छ । जगेडा तथा कोषमा भने ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ राखेको छ ।


प्रतिक्रिया दिनुहोस्