नेरुडे मिर्मिरे लघुवित्तको सेयर संरचना परिवर्तन
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर संरचना परिवर्तन भएको छ । अब कम्पनीमा संस्थापक समूहको सेयर स्वामित्व ५१.४९ प्रतिशत र सर्वसाधारण समूहको ४८.५१ प्रतिशत कायम भएको छ ।
कम्पनीमा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर संख्या ७१ लाख ९६ हजार ५०५ कित्ता र सर्वसाधारण सेयरधनीको स्वामित्वमा ६७ लाख ८१ हजार १३६ कित्ता सेयर रहेको छ ।