एफपिओ निष्कासनको प्रस्ताव पारित गर्न विजय लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
९ असार २०८१, आईतवार

एफपिओ निष्कासनको प्रस्ताव पारित गर्न विजय लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । एफपिओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न विजय लघुवित्त वित्तीय संस्था साधारण सभा बोलाएको छ ।

कम्पनीले आगामी असार ३० गते पन्ध्रौँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले एफपीओ निष्काशन गर्ने, सो सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभामा सञ्चालक समितिको निर्वाचन समेत हुने छ । संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तिलाई अनुमोदन गर्नेछ ।

यस्तै, लेखापरीक्षक नियुक्त लगायतका प्रस्तावहरु पनि पारित हुनेछन् । साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १७ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्