लक्ष्मी लघुवित्तको नाफा ५ करोड ३४ लाख, यस्ता छन् मुख्य सूचकहरु

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले ५ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले बुवधार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासि वित्तीय विवरणले यस्तो देखाएको हो ।
अघिल्लो आवमा कम्पनीको नाफा ६ करोड ५ लाख ८९ हजार रुपैयाँ ऋणात्मक थियो । तर, गत आवमा आइपुग्दा भने कम्पनीले ५ करोड ३४ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ५.४३ प्रतिशत बढेर ४० करोड ३८ लाख रुपैयाँ कायम भएको छ । यता, इम्पेरमेन्ट चार्ज पनि ह्वात्तै घटेर १ करोड १२ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमो कम्पनीको यस्तो चार्ज १३ करोड १८ लाख रुपैयाँ रहेको थियो । यसरी खुद ब्याज आम्दानीमा आएको बढोत्तरी र इम्पेरमेन्ट चार्ज घटेसँगै कम्पनी नाफामा पुगेको हो ।
गत वर्ष कम्पनीको संचालन पनि ७ करोड ६५ लाख रुपैयाँ धनात्मक छ। कम्पनीको वितरयोग्य नाफा ११ लाख ५१ हजार रुपैयाँ छ । हाल कम्पनीको चुक्ता पुँजी ४४ करोड १६ लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने २८ करोड ६३ लाख राखेको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १२ रुपैयाँ ११ पैसा छ । यता, प्रतिसेयर नेटवर्थ भने १६४ रुपैयाँ ८३ पैसा छ। कम्पनीको खराब कर्जा भने ७.४३ प्रतिशत कायम भएको छ।
कम्पनी बिजनेश ग्रोथमा पनि आक्रामक देखिएको छ। गत वर्ष कम्पनीको निक्षेप संकलन ८.१२ प्रतिशत बढेर ५ अर्ब ७८ करोड ४१ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । यता, कर्जा प्रवाह भने ९.१२ प्रतिशत बढेर ६ अर्ब ३३ करोड ६३ लाख कायम भएको छ।