५८% बढ्यो नेशनल लघुवित्तको नाफा, सेयरधनीलाई बम्पर लाभांश दिन सक्ने हैसियत बनायो « Arthapath.com
२३ असार २०८२, सोमबार

५८% बढ्यो नेशनल लघुवित्तको नाफा, सेयरधनीलाई बम्पर लाभांश दिन सक्ने हैसियत बनायो



काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले झन्डै ५८ प्रतिशत बढाएको छ । कम्पनी एकै वर्ष ३४ करोड बढी नाफा कमाएको छ।

कम्पनीले शुक्रबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा कम्पनीले ३४ करोड ९ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा भने ५७.८९ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले कुल २१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी पनि ७५.५६ प्रतिशत बढेर १ अर्ब १५ करोड ८६ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । यता, संचालन नाफामा पनि ५१.८६ प्रतिशतको बढोत्तरी देखिएको छ। गत आवमा कम्पनीको यस्तो नाफा ४७ करोड १६ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष कम्पनीको संचालन आम्दानी पनि ८८.९८ प्रतिशत बढेर १ अर्ब ४१ करोड ६६ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको वितरणयोग्य नाफा २८ करोड ११ लाख १२ हजार रुपैयाँ कायम भएको छ। यो वर्ष कम्पनीले आफ्ना सेयरधनीहरुलाई २४.११ प्रतिशत लाभांश दिन सक्ने सामर्थ्य बनाएको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख २२ हजार रुपैयाँ छ । यसकै आधारमा कम्पनीले यो वर्ष २४ प्रतिशत हाराहारीमा लाभांश दिन सक्नेछ।

कम्पनीले जगेडा कोषमा भने १ अर्ब ४१ करोड ९३ लाख रुपैयाँ राखेको छ। यता, खराब कर्जामा पनि सामान्य सुधार गरि ३.२५ प्रतिशत कायम भएको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेर २९ रुपैयाँ २५ पैसा कायम भएको छ। यता, प्रतिसेयर नेटवर्थ पनि २४५ रुपैयाँ ९ पैसा छ ।

गत वर्ष कम्पनीको बिजनेस ग्रोथ पनि आक्रामक देखिएको छ । गत वर्ष कम्पनीको निक्षेप १५.९४ प्रतिशत बढेर ५ अर्ब २४ करोड ५१ लाख रुपैयाँ कायम भएको छ। यता, कर्जा प्रवाह पनि २३.१८ प्रतिशत बढेर २० अर्ब ६३ करोड ७४ लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्