साना किसान विकास लघुवित्तले कमायो झन्डै एक अर्ब नाफा, ४५.४४ प्रतिशत लाभांश दिने सामार्थ्य

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नाफामा दोहोरो अंकले वृद्धि भएको छ । कम्पनीले एक वर्षमा झन्डै एक अर्ब नाफा कमाएको छ।
कम्पनीले गत आर्थिक वर्ष २०८०-८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीले गत वर्ष ९४ करोड ९६ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा भने २२.७७ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि कम्पनीले ७७ करोड ३५ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी पनि ३१.४४ प्रतिशत बढेर २ अर्ब १९ करोड ३१ लाख रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको संचालन नाफा पनि २०.३९ प्रतिशत बढेर १ अर्ब ३५ करोड ६६ लाख रुपैयाँ पुगेको छ।
कम्पनीले गत वर्ष १ अर्ब ७२ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। यसका आधारमा कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई ४५.४४ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८० करोड ६३ लाख रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा भने ३ अर्ब ९१ करोड ६० लाख रुपैयाँ राखेको छ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) २४ रुपैयाँ ९५ पैसा छ । प्रतिसेयर नेटवर्थ भने २८२ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
कम्पनीको खराब कर्जा भने बढेर २.१८ प्रतिशत छ । गत वर्ष कम्पनीले २२ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । तर, ३८ अर्ब १२ करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको तुलनामा निक्षेप संकलन ८.६६ प्रतिशत बढेता पनि कर्जा लगानी भने १४.०७ प्रतिशत घटेको हो ।