आरम्भ चौतारी लघुवित्तको कस्तो छ वित्तीय प्रगति ? « Arthapath.com
२९ श्रावण २०८१, मंगलवार

आरम्भ चौतारी लघुवित्तको कस्तो छ वित्तीय प्रगति ?



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले नाफामा व्यापक सुधार गरेको छ । कम्पनीले मंगलबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।


अघिल्लो आवमा कम्पनीले ६ करोड ५ लाख ७० हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । तर, गत आवमा आइपुग्दा भने कम्पनीको खुद नाफा ४ करोड ३५ लाख २३ हजार रुपैयाँ ऋणात्मक देखिएको छ।

गत वर्ष कम्पनीले २७ करोड ६ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यद्यपि, यो अघिल्लो आवको तुलनामा २ प्रतिशत कमी हो ।

यस्तै, कम्पनीको संचालन नाफा ६०.६७ प्रतिशत ६ करोड २१ लाख रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी ३६ करोड ७१ लाख छ । जगेडा कोषमा भने कम्पनीले १६ करोड ७० लाख रुपैयाँ राखेको छ ।

कम्पनीले खराब कर्जा भने ह्वात्तै घटाएको छ । अघिल्लो आवमो १०.५८ प्रतिशत रहेको खराब कर्जा गत वर्षसम्म आइपुग्दा भने ३.०७ प्रतिशतमा झारेको छ।

यस्तै, प्रतिसेयर आम्दानीमा पनि सुधार देखिएको छ। अघिल्लो आवमा कम्पनीको यस्तो आम्दानी १६.५० रुपैयाँ ऋणात्मक थियो । तर, गत आवमा भने ११.८५ रुपैयाँ धनात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १४१ रुपैयाँ ९३ पैसा कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्