सिवाइसी नेपाल लघुवित्तले कमायो ३ करोड ८० लाख नाफा, यो वर्ष कति दिन सक्छ लाभांश ? « Arthapath.com
३१ श्रावण २०८१, बिहीबार

सिवाइसी नेपाल लघुवित्तले कमायो ३ करोड ८० लाख नाफा, यो वर्ष कति दिन सक्छ लाभांश ?



काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफामा दोहोरो अंकको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

अघिल्लो आवमा कम्पनीले ४ करोड ६७ लाख २२ हजार नाफा कमाएको थियो । तर, गत आवमा आइपुग्दा भने १८.४७ प्रतिशत घटेर ३ करोड ८० लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।

तर, गत आवमा कम्पनीको खुद ब्याज आम्दानी २३.७२ प्रतिशत बढेर ३१ करोड ८७ लाख ५५ हजार रुपैयाँ कायम भएको छ । यता, संचालन नाफामा पनि ३१.८२ प्रतिशत गिरावट आई ३ करोड ६४ लाख रुपैयाँ कायम भएको छ।

गत आवमा कम्पनीको वितरणयोग्य नाफा भने २ करोड ९७ लाख ८ हजार रुपैयाँ छ। यो वर्ष कम्पनीले आफ्ना सेयरधनीहरुलाई ११.१५ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ६४ लाख रुपैयाँ छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १४ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ६९ पैसा छ ।

कम्पनीको निक्षेप संकलन १२.९९ प्रतिशत बढेर २ अर्ब ४३ करोड ५६ लाख ४४ हजार रुपैयाँ पुगेको छ । यता, कम्पनीको कर्जा लगानी पनि १४.६८ प्रतिशत बढेर ५ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्