समता घरेलु लघुवित्तले पायो एफपीओ निष्काशनको अनुमति

काठमाडौं। नेपाल धितोपत्र बोर्डले समता घरेलु लघुवित्तलाई थप सार्वजनिक निष्काशन (एफपीओ) को जारी गर्न स्वीकृति प्रदान गरेको छ।
लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्री गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले एफपीओ निष्काशन गर्न लागेको हो।
समताले एफपीओ निष्काशन स्वीकृतिका लागि धितोपत्र बोर्डमा २०७८ चैतमा आवेदन दिएको थियो। बोर्डले बुधबार स्वीकृति प्रदान गरेको हो ।
लघुवित्तले चुक्ता पुँजीको ३० प्रतिशत सेयर हिस्सा सर्वसाधणाको पुर्याउन एफपीओ जारी गर्न लागेको हो। हाल संस्थाको चुक्ता पुँजी ५६ करोड ४० लाख रहेको छ भने ५६ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ। बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ।