स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
८ कार्तिक २०८१, बिहीबार

स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक ९ गते बुक क्लोज गर्ने भएको छ । सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनी लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ ।

सो प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते शुक्रबार, लिसरा रिसेप्सन्स्, भगवतीबहाल, नक्साल, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । यसका साथै लेखापरीक्षक नियुक्त पनि गर्ने छ।

सोही सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट निर्वाचित सञ्चालकको रिक्त हुने एक स्थानका लागि सञ्चालक निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।


प्रतिक्रिया दिनुहोस्