हिमालयन लघुवित्तले बनायो सेयरधनी निराश, यो वर्ष कुनै पनि लाभांश नदिने

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात रित्तो बनाएको छ । यो वर्ष कम्पनीले कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कात्तिक १२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि राष्ट्र बैंक पठाउने निर्णय गरेको छ ।