सुधारियो एनएमबि लघुवित्तको वित्तीय अवस्था, अधिकांश सूचक सकारात्मक

काठमाडौं । एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म नोक्सानीमा रहेको संस्थाको ब्याज आम्दानी बढेसँगै नाफा बढ्न पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ४ करोड ७३ लाख रुपैयाँ नोक्सानीमा थियो।
संस्थाले यो अवधिमा ८ करोड ८ लाख रुपैयाँको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४०.८६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ५ करोड ७४ लाख रुपैयाँको.खुद ब्याज आम्दानी गरेको थियो ।
संस्थाको खराब कर्जा अनुपात पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा ७.२७ प्रतिशत रहेको कम्पनीको खराब कर्जा अनुपात घटेर ६.३७ प्रतिशतमा सीमित बनेको छ ।
गत आर्थिक वर्षमा ४ करोड ७० लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा भने चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७१ लाख ३९ हजार रुपैयाँ धनात्मक भएको छ।
लघुवित्त नाफामा पुगेसँगै प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात १८१.८६ गुणा रहेको छ।
७२ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २१ करोड ८१ लाख रुपैयाँ सञ्चित छ।
संस्थाले अवधिसम्ममा ४ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।