लाभांश पारित गर्न फरवार्ड माइक्रोफाइनान्सले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले १२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको वार्षिक साधारणसभा सुनसरीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानमा आगामी मङ्सिर २८ गते शुक्रबार बिहान ११ बजेबाट सुरू छ ।
सभाले संस्थाले गत आर्थिक वर्षको लागि प्रस्ताव गरेको प्रस्तावित लाभांश पारित गर्नेछ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । प्रस्तावित लाभांश साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनस, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनूसुचिहरुमाथि छलफल गरी पारित गर्नेछ । लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने पनि सभाले गर्नेछ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने जनाएको छ । जस अनुसार कम्पनीको लाभांश पाउन तथा साधारण सभामा भाग लिन मंसिर १३ गतेभित्र सेयरधनी कायम हुनुपर्नेछ ।