लाभांश पारित गर्न फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

काठमाडौं । लाभांश पारित गर्नका लागि फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ ।
कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई ९.०७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले ९ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ ।
सो प्रस्ताव आगामी पुस ११ गते बिहीबार हुने पन्ध्रौँ वार्षिक साधारण सभामा पारित हुने छ । सो सभाले अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
यस्तै लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ । सोही दिन सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर २३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।