सपोर्ट लघुवित्तको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

सपोर्ट लघुवित्तको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?



काठमाडौं । भोलि बिहीबारसम्म नेप्सेमा कायम सेयरधनीले सपोर्ट लघुवित्तको लाभांश हात पार्नेछन् ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १४ गते बुकल क्लोज गर्ने भएको छ । त्यसका आधारमा भोलि अर्थात् मंसिर १३ गते बिहीबारसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई १३.७७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

सो लाभांश पारित गर्न कम्पनीले आउँदो पुस ६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरि पारित हुनेछ ।

यस्तै, चालु आवका लागि लेखापरीक्षकको नियुक्ति पनि गर्नेछ।

सोही सभामा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्