कालिका लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई यो वर्ष वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले १० प्रतिशत लाभांश दिने भएको छ ।
मंगलबार (मंसिर २६ गते) बसेको संचालक समितिको बैठकले यो वर्ष ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।