नाडेप लघुवित्तको सीईओमा अर्याल नियुक्त

काठमाडौं । नाडेप लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दीर्घ बहादुर अर्याल नियुक्त भएका छन् ।
संस्थाको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई माघ ३ गतेदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।