इन्फिनिटी लघुवित्तले पनि लाभांश नदिने « Arthapath.com
४ पुष २०८१, बिहीबार

इन्फिनिटी लघुवित्तले पनि लाभांश नदिने



काठमाडौं । इन्फिनिटी लघुवित्तले पनि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । पुस ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले आव २०८०/८१ का लागि कुनैपनि लाभांश नदिने र सोही बमोजिम वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

कम्पनीले यसअघि आर्थिक वर्ष २०७८/७९ मा २० प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्